|

कालिकोटः तिला नदीमा नुहाउन गएकी एक बालिकाको डुबेर आइतबार मृत्यु भएको छ। जिल्लाको तिला गाउँपालिका यस अघिको कँुडारी गाविस वडा नं ३ की  १३ वर्षीय सुस्मा तिरुवाको नुहाउँदै गर्दा बगेर मृत्यु भएको कँुडारी प्रहरी चौकीका इन्चार्ज हिरालाल बस्नेतले जानकारी दिएका छन्।   
उनको आइतबार दिउँसो बगेर मृत्य भएको इञ्चार्ज बस्नेतले बताए। साथीसँगै नुहाउँदै गर्दा उनी बगेको र त्यो गाउँलेले थाह पाएपछि आफूलाई जानकारी दिएको उनले बताए। 

बगेको ठाउँबाट १० मिटर तल बालिका तिरुवाको शव स्थानीय र प्रहरीको सहयोगमा भेटाइएको इञ्चार्ज बस्नतेले जानकारी दिए। शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.