|

दाङ : बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय दाङमा २७ दल दर्ता भएका छन्। 

जिल्लामा अस्तित्वमा रहेका र क्रियाशील सबै दलहरू जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन्। स्थानीय निर्वाचनका लागि कार्यालयमा २७ दल दर्ता भएका जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ। दाङमा मधेसी समुदायको मुद्धा उठाउँदै आएका आठवटा दलसमेत छन् । 

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नयाँ शक्ति नेपाल, थरुहट, सद्भावना पार्टी, तराई–मधेस पार्टीलगायतका २७ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए। 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको लागि तयारीसमेत बढाएको जनाएको छ। निर्वाचन आयोगको निर्देशनअनुसार तयारीलाई अन्तिम चरणमा पु¥याएको कार्यालय प्रमुख कार्कीले बताए। दाङमा १५१ मतदान स्थलमा तीन सय बढी मदतान केन्द्र राख्न थालिएको बताए। दाङमा यस पटकको स्थानीय चुनावमा दुई लाख ९१ हजार ९२१ मतदाताले मतदान गर्नेछन्। 

जिल्लामा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोक्न बाँकी छ। जिल्ला निर्वाचन अधिृकत तोकिएलगत्तै छुट्टै कार्यालय खोलेर निर्वाचनको कामलाई अगाडि बढाइने कार्कीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.