|

काठमाडौं : नेताहरु सभा सम्मेलनमा सम्बोधन गर्न जाँदा त्यहाँको स्थानीय तथा जातीय संस्कृति झल्किने भेषभुषामा जानु नयाँ होइन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसम्मका शीर्ष नेताले विभिन्न जातीका भेषभुषामा सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन्।

आइतबार कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी पनि त्यहाँको स्थानीय पोसाकमा देखिइन्। नयाँ शक्तिको हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियानको समापन कार्यक्रममा हिसिला यमी थारू पोसाकमा थिइन्।

नयाँ शक्तिको मिडिया सेन्टरले पठाएको फोटोमा हिसिला नयाँ शक्तिकी अर्की नेतृ करिस्मा मानन्धरसँगै देखिन्छिन्। हिसिला मन्दिया र लेहेंगामा हसिली देखिन्छिन्। करिस्मासँगै डा. बाबुराम भट्टराईसहितका अन्य नेता देखिन्छन्।

हेर्नुस् फोटोहरुः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.