|

जाजरकोट : जाजरकोटमा आगोमा परी एक बालकको मृत्यु भएको छ। आगोले जलेर घाइते भएका बारेकोट गाउँपालिका ८ सक्लाका जयबहादुर विश्वकर्माका छोरा सात महिनाका वसन्तको मृत्यु भएको हो।

विकको उपचारको लागि स्थानिय स्वास्थ्य संस्था लैजादै गर्दा आइतबार  बाटोमै मृत्यु भएको परिवारले जानकारी दिएको छ। घरको खाना बनाउने चुलो नजिकै सुताएका वसन्त ओछयानबाट पल्टिएर चुल्होमा पर्दा पोलिएको बालकका ठूलो बाबु हृदयमान विश्वकर्माले बताए।

बालकका बाबु मजदुरीका  लागि भारत गएकाले घरमा उनलाई छोडेर आमा काममा गएको विकले बताए। घरमा एक्लै रहेकी आमाले छोरालाई चुलोको अगेना नजिकै सुताएर जंगलमा घाँस काटन गएको बेला आगलागी भएको हो।

 भर्खर बामेसर्न थालेको बच्चा ब्युँझेपछि सर्दै आगेना पुगेको र कपडामा आगो सल्किएपछि सो घटना भएको हो। घाइते बच्चालाई उपचारको लागी दिल्लीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लिने क्रममा बाटोमै ज्यान गएको ठुला बाबु हृदयमान विश्वकर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.