|

  • मणिलाल विश्वकर्मा-

मलेठ (सप्तरी) : सप्तरीको मलेठ गोलीकाण्ड भएको २१ औं दिन आइतबार अपरान्ह उक्त घटनामा मारिएकाहरुको सम्झनामा संयुक्त लोकतान्त्रि मधेसी मोर्चाले श्रद्धाञ्जली सभा गरेको छ।। श्रद्धाञ्जली सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, लगायतका मधेस केन्द्रित दलका शीर्ष नेताहरुले सम्बोधन गरेका छन्।

मलेठ गाउँ नजिकै रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको उत्तरपट्टि खाली खेतमा सभा आयोजना गरिएको थियो। मलेठ गोलीकाण्डमा मारिएकाहरुको परिवारलाई शीर्ष नेताहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने अमेरिकास्थित मधेसी एशोसिएसन इन अमेरिकाका तर्फबाट सरोज रायले प्रति परिवार एक/एक लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए। 

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित जनसभा सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर गत फागुन २३ गते मलेठ गाउँका २ का २४ वर्षका सञ्जन मेहता, प्रसवनी टेङ्ग्रीका वर्ष ४२ का सिनियर अहेव आनन्दकुमार साहको त्यही दिन मृत्यु भएको थियो भने मलेठ २ का वर्ष ४० का बीरेन्द्र महतो, मलेठ ४ जलहरीका वर्ष ४५ का पिताम्बर मण्डल र जमुनी मध्यपुरा १ कटवीका करिब ५७ वर्षका इनर यादवको उपचारको क्रममा धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.