|

काठमाडौं : एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान यू-२३ सामु १ सय ८१ रनको चुनौती पेश गरेको छ।

बंगलादेशको शेख कमाल इन्टरनेशनल क्रिकेट स्टेडियम, एकेडेमी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन जोड्यो।

यसक्रममा सुनिल धमलाले सर्वाधिक ४३ रन जोडे। यस्तै सरद भेषावकरले ३८, विनोद भण्डारीले २४, आरिफ शेखले १८ तथा दीपेन्द्रसिंह ऐरीले १४ रनको योगदान गरे। यसका अलावा सागर पुनले ४ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल ३ रन जोडेर आउट भए।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका अन्डर- २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया सहभागी छन्। समूह बीमा रहेको नेपालले पाकिस्तानसँगै बंगलादेश र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.