|

वासिङ्टन डिसी : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो (महानगर) कमिटी अध्यक्षमा रामप्रसाद खनाल निर्विरोध चुनिएका छन्। अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

भर्जिनियाको मनासस सिटीमा शनिबार नवनिर्वाचत कार्यसमितिको शपथ ग्रहण र प्रमाणपत्र वितरण गरियो। निर्वाचन कमिटी प्रमुख मनकुमारी थापा, डा. अनिल सुवाल र सुजित अर्यालले निर्वाचित सबैले शपथ गराउनुका साथै प्रमाणपत्र वितरण गरेका हुन्।

निर्वाचित भएपछि सम्बोधन गर्दै अध्यक्ष खनालले नेपाली भाषा, साहित्य, गीत-संगीत र कला-संस्कृतिका केही गर्ने हाम्रो अठोटमा सबैको साथ रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा 'अनेसास इतिहास' नामक पुस्तक विमोचनसमेत गरियो। त्यसक्रमा प्रेम संग्रौला, दुर्गा रिजाल, सुनिता खत्री, रजनी श्रेष्ठ, नीलकण्ठ सुवेदी, चेतन सिटौला, नीता श्रेष्ठलगायतले रचना वाचन गरेका थिए।

सोही कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई सम्मान तथा समीक्षा सापकोटालाई प्रशंसापत्र प्रदान गरिएको अध्यक्ष खनालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.