|

कालिकोट : ‘नर्थ साउथ ग्रोथ एक्सिस’ रुपमा लिइएको कर्णाली करिडोर सडक अहिले नेपाली सेनाले निर्माणको जिम्मा लिएको छ। नेपाली सेनाले सडक निर्माणको जिम्मा लिएसँगै निर्माण कार्यलाई पनि तिब्रता दिएको छ। कर्णाली करिडोर अन्तर्गत कालिकोटमा ४० किलोमिटर, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्लामा १ सय १३ किलो मिटर रहेको छ।

२०५७ सालमा नेपाल सरकार तत्कालिन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले सिलान्यास गरेको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको १९२ किलोमिटर सडकखण्ड १५ बर्षसम्म पनि गति लिन नसकेपछि २०७१ चैत ९ गते नेपाली सेनाले कर्णाली करिडोर निर्माण गर्ने जिम्मा लिएको थियो ।

निर्माणको जिम्मा लिएको १० महिनामा नै नेपाली सेनाले रेगिलघाटको १ किलोमिटर चट्टाने भीर र आमतडा भीर, भुराबगर र शान्तिघाटका चट्टाने भीर फोडेको छ। यसै आर्थिक बर्ष भित्र कालिकोटको खुलालुदेखि बाजुराको अर्थुगेचौरसम्मको ६८ किलोमिटर सडक निर्माण गरिसक्ने नेपाली सेना सडक निर्माण कार्यदल प्रमुख कर्णेल इन्द्रीवर गुरुङले बताए। ‘खुलालुदेखि बाजुराको अर्थुगैचौरसम्मको ६८ किलोमिटर सडक यसै आर्थिक बर्षमा सम्पन्न गर्छौं’ उनले भने, ‘एक महिनामा भित्र १५ किमी गाडी गुडाउने तयारी छ।’

कालिकोटको खुलालुदेखि हुम्ला सिमिकोटसम्म ८ किलोमिटर ठुला–ठुला चट्टाने भू–भाग रहेको कर्णाली करिडोर ५ वर्षभित्र निर्माण कार्य गरिसक्ने सडक निर्माण कार्यदलका कर्णेल गुरुङले बताए। ‘हामीले हुम्लाको सिमकोटसम्म ५ बर्षभित्र निर्माण गर्ने लक्ष्य लिएका छौं’ उनले भने,–‘त्यो भन्दा अगाडि नै काम सम्पन्न हुने संम्भवना रहेको छ।’

कर्णाली करिडोरले चीन र भारतको रुपौडिया जोड्ने

कर्णाली करिडोर निर्माण पुरा भएको चीनसँगको सीमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सिडक बन्नेछ। यसको कुल लम्बाई ५ सय ३० किलोमिटर मात्र रहने छ। यो सडक खण्ड निर्माण भएका भारतबाट मानसरोवर आउने पर्यटकका लागि निकै राम्रो छोटो दुरीको मार्ग हुनेछ।

यो सडक निर्माण भए पर्यटन र व्यापारका दृष्टिकोणले त्रिदेशीय ट्राजिट बन्ने भएकोले विकास हिसाबले सधै पछाडि परेको कर्णालीको परिचय पनि बदेलिने बाजुराका सभासद् कर्णबहादुर बिकले बताए। ‘कर्णाली करिडोर निर्माण भए कर्णाली तीन देशको व्यापारिक मूलधार बन्न सक्छ’ उनले भने, ‘पर्यटन व्यापारका दृष्टिकोणले यसको छुट्टै महत्व छ।’

सेनाले जिम्मा लिएको २ वर्षमा नै कर्णाली करिडोरको खुलालुदेखि कालिकोटमा फुगाडसम्मको २१ किलोमिटरमा अहिले धमाधम गाडी गुडिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.