|

दमक : अवैध सखुवाको चिरान काठसहित इलाका प्रहरी कार्यालय दमकले एउटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। इलामको चुलाचुलीबाट झापाको दमकतर्फ आउँदै गरेको ना१त ९९२५ ट्र्याक्टरसहित ४२ दशमलब २७ क्युफिट काठ बरामद गरेको प्रहरीले जनाएको छ। 

माथिबाट ढुंगाले छोपेर दमक ल्याउँदै गरेको काठलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। प्रहरीलाई देख्नेबित्तिकै चालक भागेका कारण कसले ल्याएको काठ हो भन्नेबारे पत्ता नलागेको प्रहरीले जनाएको छ।

पक्राउ गरिएको काठ र ट्र्याक्टरलाई अनुसन्धानपछि सेक्टर वन कार्यालय सुरुङ्गा पठाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.