|

दाङ : उपप्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले २ वर्षभित्र पार्टीले पुनर्जीवन पाउने बताएका छन्। पार्टीको प्रदेश नम्बर ५ ले दाङको घोराहीमा गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा अर्थमन्‍त्री महराले माओवादीको शक्तिमा कमी नआएको बताए।

'बाहिर जेजस्तो हल्ला भएपनि माओवादी केन्द्र कमजोर भएको छैन्। अबको दुई बर्षभित्र पार्टीले पुनर्जीवन पाउनेछ,' उनले भने। उनले  स्थानीय तहको निर्वाचनमा ५ नम्बर प्रदेशका ५० प्रतिशत इकाइमा जीत हात पार्ने गरी तयारी थाल्न अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिए। 'यो प्रदेशमा १०७ वटा इकाइ छन्। त्यसमध्ये ५५ वटा इकाइ नघटाउने गरी चुनावको तयारी थाल्नुहोस्.’ उनले भने।  एकल जित्ने ठाउँमा एकल र नसक्ने ठाउँमा तालमेल गरेर भए पनि यो संख्या घटाउन नहुने उनको निर्देशन थियो।

महराले पुरानो सरकारले ल्याएको बजेटका कारण नयाँ काम गर्न नसकिएको आरोप लगाए। उनले अब नयाँ बजेटबाट नयाँ कार्यक्रम ल्याउने तयारी भैरहेको बताए। उनले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताए।

भारत र चीन दुबै छिमेकी देशको भ्रमण गरेर सरकारले सन्तुलित परराष्ट्रनीतिको पुष्टि गरेको महराको दाबी छ। माओवादी केन्द्रका प्रदेश इञ्चार्ज बर्षमान पुन ‘अनन्त’को अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, चन्द्र खनाल, कुलप्रसाद केसी, जयपुरी घर्ती लगायतको सहभागिता थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.