|

चितवन : निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि दैनिक ६ घण्टा बन्द गरिने भएको छ। निर्माण कार्यलाई तिब्रता दिन डेढ घण्टा बढाएर दैनिक ६ घण्टा पुर्‍याइएको हो। यसअघि दैनिक साढे ४ घण्टा मात्रै सडक बन्द हुँदै आएको थियो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बिहान १० देखि अपराह्न ४ बजेसम्म सडक बन्द रहने जानकारी दिए। काम चाँडै पूरा गर्न बन्दको समय बढाएको उनको भनाइ छ। आयोजनाले सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न समेत अपिल गरेको छ।

यसअघि उक्त सडक सडकखण्ड बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुँदै आएको थियो। आगामी वैशाख सम्ममा उक्त सडकको निर्माण कार्य सकिनुपर्नेमा काम ५० प्रतिशत पनि हुन सकेको छैन। निर्माणको काम झण्डै ९ महिना थप भएको खनालले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.