|

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालको अन्तरिम केन्द्रीय परिषद् बैठक मंगलबारदेखि सुरु हुँदैछ। बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

दुई दिनसम्म चल्ने बैठकले देशको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। बैठकमा आसन्न स्थानीय तह निर्वाचनको तयारीका विषयमा पनि छलफल हुनेछ।

बैठकले निर्वाचनकेन्द्रित रणनीतिक कार्ययोजना तयार पार्ने बताइएको छ।

हिमाल-पहाड़-तराई/मधेस राष्ट्रिय अभियान लिएर देशका विभिन्न भागमा पुगेका नेताहरु बैठकका लागि राजधानी फर्किइसकेका छन्। चैत ९ बाट १३ गतेसम्म चलेको अभियानका क्रममा मध्यदेखि पश्चिम तराईका विभिन्न भू-भागमा सभाहरु भए। ती सभालाई पार्टी संयोजक डा. बाबुराम भट्टराईसहित शीर्ष नेताहरुले सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.