|

काठमाडौं  : प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान भइरहेको छ। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान झण्डै एक घण्टा ढिलो गरी सुरु भएको निर्वाचन समितिका सदस्य विनोद मञ्जनले जानकारी दिए।

निर्वाचन रोक्न माग गर्दै नेकपा माले, नेकपा क्रान्तिकारी माअोवादी (वैद्य), नेकपा (विप्लव) र नयाँ शक्ति पार्टीनिकट विद्यार्थीहरुले संयुक्त विद्यार्थी संगठनको नाममा प्रदर्शन र नाराबाजी गरिरहेका छन्।

यसअघि फागुन २३ का लागि तय भएको चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो। तर, सर्वोच्च अदालतले निर्वाचन रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि चुनाव भएको हो। आन्तरिक विवादका कारण अन्योलमा रहेको नेविसंघले आइतबार मात्र मनोनयन दर्ता गराएको थियो।

क्याम्पस प्रशासनले एकलौटी ढंगले निर्वाचन गराउन खोजेको भन्दै गठबन्धनले बहिस्कार गरेको अखिल क्रान्तिकारीका नेता नरेश रेग्मीले जानकारी दिए। चुनावमा एमालेसम्वद्ध अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही, कांग्रेससम्वद्ध नेविसंघबाट उत्तम साउद र माओवादीसम्वद्ध अखिल क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको प्यानल सहभागी छ।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आफूलाई भोट नदिन आग्रह गर्दै 'शुन्य भोट' मागेको छ। उम्मेदवारी फिर्ता लिन नपाएको भन्दै उसले आफूलाई भोट नदिन आग्रह गरेको हो। अारअारमा पहिले अखिलको मात्र उम्मेदवारी परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.