|

काठमाडौं : केही दिनदेखि उकालो लाग्न थालेको सेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ७७ अंकले बढेको छ। मंगलबार ७६. ७९ अंकले बृद्धि भएपछि नेप्सेले १६ सय १० दशमलव ६२ अंक छोएको छ। 

मंगलबार अधिक कारोबारको कारण नेपाल स्टक एक्सचेन्जले केही समय कारोबारमा रोक लगाएको थियो। कारोबार बन्द गर्ने बेलासम्म नेप्सेले अघिल्लो दिनको तुलनामा ५.०१ प्रतिशतको वृद्धिदर कायम गरेको हो। यस दिन सम्पूर्ण क वर्गका कम्पनीहरुको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स अघिल्लो दिनको तुलनामा ५.१ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स ५.२२ प्रतिशतले वृद्धि भएको छ। 

मंगलबार समग्र सेयर बजारमा सबै भन्दा बढी प्रभाव पार्ने वाणिज्य अन्तर्गतका परिसूचकहरु ७५.०९ र विकास बैंक अन्तर्गतका परिसूचकहरु ८२.९७ अंकले उकालो लागेका छन्। सबैभन्दा बढी विमा अन्तर्गतका लगानीकर्ताले कमाएका छन्। यसदिन विमा अन्तर्गतका परिसूचकहरु ५०३ अंकले वृद्धि भएको छ।

मंगलबार कारोबारमा आएका १४४ कम्पनीका २५ लाख ८१ कजार १९ कित्ता सेयर पत्रको किनबेचबाट १ अर्ब ३८ करोड ८ लाख २२ हजार ४ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.