|

काठमाडौं नेपाल टेलिकमले प्रिपेड मोवाइलका ग्राहकलाई ब्यालेन्स नहुँदा पनि फोन गर्न लोन लिने सुविधा दिने भएको छ। सीडीएमए र जीएसएम मोवाइलका ग्राहकले मोवाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिएपनि फोन नकाटिने व्यवस्था गरिने टेलिकमले जनाएको छ। 

नेपाल टेलिकमले यसका लागि हङकङको टियाक्सा कम्पनीको स्थानीय साझेदार हेमन्त ट्रेड सेन्टर प्रालिसँग सम्झौता गरिसकेको छ। सम्झौतामा नेपाल टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्।

उपभोक्ताले चाहेको समयमा कुनै माध्यमबाट रिचार्ज गर्न असम्भव भएमा यो सुविधा उपयोगी हुने टेलिकमले विज्ञप्ति मार्फत जनाएको छ। यो सेवा जीएसएम र सीडीएमए मोवाइलका ग्राहकले पाँच महिनापछि उपभोग गर्न पाउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। 

उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने देखिन्छ'  टेलिकमले भनेको छ 'यसबाट मोबाइलमा ब्यालेन्स सकिएको अवस्थामा पनि आफन्तजनसँग कुराकानी गर्न सहज हुनेछ।' 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.