|

काठमाडौं : कास्कीको इलाका वन कार्यालय अर्वाका सहायक वन अधिकृत गणेशबहादुर कार्की ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पोखराको न्युरोडमा रहेको कल्पना म:म रेस्टुरेन्टबाट उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

काउ भलान फूलबारी बाटो निर्माण समितिले सडक निर्माणको क्रममा निस्किएको ढुङ्गा त्यही सडकमा प्रयोग गर्न नपाउने भनी जिल्ला वन कार्यालय कास्कीमा निवेदन परेको थियो।

उक्त निवेदनमाथि कारवाहीको क्रममा इलाका वन कार्यालय आर्वाका  सहायक वन अधिकृत कार्कीले सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारको दावी छ। उनीमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.