|

जनकपुरधाम :  धनुषामा चोरीको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्। जनकपुरको एयरपोर्ट स्थित श्याम चोक नजिकै फैसा लुटने कार्यमा संलग्न रहेको आरोपमा हवल्दार धर्मेन्द्र पासवान पक्राउ परेका हुन्।

धनुषाको दक्षिणी क्षेत्र देवडिहा प्रहरी चोकीमा कार्यरत हवल्दार पासवानले जीवछ यादव नाम गरेको एक व्यापारीसँग दूई लाख रुपैया लुटेको उजुरीका आधारमा पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक लीलामणि आचार्यले जानकारी दिएका छन्।

हबलदार पासवानलाई स्थानीयवासीले चिनेपछि उजुरीको आधारमा जिल्ला प्रहरीले  अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो। प्रहरीले मालपोत कार्यालयको पछाडि रहेको हबलदार पासवानको डेराबाट खानतलासी गरी लुटिएको रकम समेत बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिएका छन्।

हबलदार पासवानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको जनाएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.