|

काठमाडौं : नेपाली कांग्रेसले ३ फरक प्रक्रियाबाट स्थानीय तहका उम्मेदवार चयन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवार चयन गर्न ३ प्रक्रिया अपनाउने निर्णय गरेको हो।

कांग्रेसले गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा वडा सदस्यहरुको उम्मेदवारको चयन गर्ने अधिकार सम्बन्धित क्षेत्रीय समितिलाई दिएको छ। समितिले उम्मेदवार छनोट गर्ने निर्णय गर्दा सम्बन्धित क्षेत्रको केन्द्रीय सदस्य,सांसद वा सांसदको उम्मेदवार रहेकालाई समावेश गर्नुपर्नेछ। 

नगरपालिकाको मेयर तथा उपमेयर छनोट गर्ने जिम्मेवारी जिल्ला कार्यसमितिले पाएको छ। त्यस्तै उपमहानगरपालिका र महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवार केन्द्रीय समितिले तोक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.