|

काठमाडौं : नेपाली कांग्रेसले सर्वोच्च अदालतले कार्यकारणी अधिकार क्षेत्रमा हस्तक्षेप गरेको ठहर गरेको छ। सर्वोच्चले नियम विपरित जयबहादुर चन्दलाई सरकारले आईजीपी नियुक्त गरेको फैसला सुनाउँदै चन्दको नियुक्ती बदर गर्न निर्देशन दिइसकेको छ।

'नेपालको संविधानले कार्यकारणी अधिकारको स्पष्ट व्यवस्था गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ती सम्बन्धमा सर्वोच्च अदालतले हालसालै गरेको निर्णयले कार्यकारणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको नेपाली कांग्रेस महसुस गर्छ,' केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमितीको बैठकपछि कांग्रेसले आईजीपी प्रकरणमा यस्तो धारणा बाहिर ल्याएको छ।

कांग्रेस नेता विमलेन्द्र निधि सरकारमा गृहमन्त्री छन्। उनकै सिफारिसमा मन्त्रीपरिषद् बैठकले चन्दलाई आईजीपी बनाउने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.