|

जाजरकोट : जिल्लामा क्रियाशिल नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रविन्द्र शाहको हत्या भएको छ। जाजरकोट-रोल्पा सडकअन्तर्गत भेरी नगरपालिका-३ रिम्ना जाने बाटोमा रहेको जिल्ला अस्पताल नजिकै उनीमाथि ढुंगामुढा प्रहार भएको थियो।

'इभिनिङ वाक' का लागि निस्किएका शाहमाथि कसले ढुंगामुढा प्रहार गर्‍यो भन्‍ने खुलेको छैन्। घटना हुँदा शाहसँगै रहेका हिट्लरसिंह राठौरले ढुंगामुढा प्रहार हुन थालेपछि दुबैजना भागेको बताए। 'एक्कासी ढुंगा प्रहार भयो। त्यसपछि हामी दुबै भाग्यौं। म बचें तर उहाँ बाँच्‍न सक्नुभएन,' राठौरले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.