|

रुकुम : लामो समय देखि शारिरीक रुपमा अपांङ्ग भएर जीवन व्यथित गर्दै आएका  ३ जनालाई मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत आशा बाल विकास सेवा सामुदायमा आधारित पुनर्स्थापना सेवाले ह्वीलचियर वितरण गरेको छ।

जिल्लाको चौरजहारी नगरपालिका ६ घर्तिकाँडा निवासी २८ वर्षिय मंगल बोहरा, २६ वर्षिय चन्द्र वहादुर बोहरा र सोही नगरपालिका ८ गेष्मा निवासी २४ वर्षिया विजया घर्तिलाई ह्वीलचियर वितरण गरिएको हो। अपांगता भएका व्यक्तिहरुको समस्यालाई ध्यानमा राखेर करिब ४० हजार मुल्य बराबरको सहयोगी सामाग्री ह्वीलचियर वितरण गरिएको सहजकर्ता मोहन जैसीले बताए।  

समुदायमा आधारित पुनर्स्थापना सेवाले रुकुम लगाएत छिमेकि जिल्ला सल्यान र जाजरकोटमा अवस्थित अपांगता भएका व्यक्तिहरु लाई शिक्षा स्वास्थ्य सामाजिकरण शशक्तिकरण र जीवन निर्वाह सम्वन्धिको क्षेत्रमा  कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.