समन्वय समिति गठन

|

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहका सबै पदका उम्मेदवार छनोट गर्ने अधिकार क्षेत्रीय समिति र जिल्ला कार्य समितिलाई दिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिको मंगलबार बसेको बैठकले उम्मेदवार छनोट गर्ने सम्पूर्ण अधिकार पहिलो पटक स्थानीय तहलाई नै दिएको हो।

कांग्रेसले उम्मेदवार छनोट गर्ने प्रकृया थाल्नु अघि हाल कायम रहेका जिल्ला, क्षेत्र, गाउँ, नगर, उपमहानगर, महानगर र वार्ड इकाईलाई समन्वय समितिमा परिणत गर्ने निर्णय गरेको छ। एउटै निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको निर्वाचनमा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यका उम्मेदवारको नाम सिफारिस सम्बन्धित गाउँ, नगर, उपमहानगर, र तिनका वडा समन्वय समितिले गर्नेछन्। 

ती समन्वय समितिकै सिफारिसको आधारमा सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद वा दोश्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवार र क्षेत्रीय सभापतिको निर्वाचन भएको भए निकटतम प्रतिष्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमिति बैठकले सर्वसम्मत निर्णय गर्ने छ।

क्षेत्रीय कार्य समितिले त्यस्तो सिफारिसलाई सर्वसम्मतले निर्णय गर्न नसके क्षेत्रीय पदाधिकारी, सोही क्षेत्रका केन्द्रीय सदस्य, सांसद वा निर्वाचनमा उम्मेदवार भएका व्यक्ति र सभापतिका निकटतम प्रतिष्पर्धी रहेको छनोट समितिले सहमति जुटाई उम्मेदवार चयन गर्ने छ। यो पनि पढ्नुहोस्ः कांग्रेसले ७ वैशाखसम्म स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाउने

दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँ, नगर, उपमहानगर र महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवार चयन गर्दा सम्बन्धित क्षेत्रहरुको सिफारिसको आधारमा केन्द्रीय सदस्य, सांसद वा संविधान सभाको दोश्रो निर्वाचनका उम्मेदवार, क्षेत्रीय सभापतिहरुको उपस्थितिमा भएको जिल्ला कार्य समितिको बैठकबाट सर्वसम्मतले निर्णय गर्नेछ।

जिल्ला कार्य समितिले सर्बसम्मतले निर्णय गर्न नसके जिल्ला कार्य समितिका पदाधिकारी, सोही जिल्लाका केन्द्रीय सदस्य, सांसद, वा संविधान सभाको दोश्रो निर्वाचनका उम्मेदवार, सभापतिको निर्वाचन भएको भए निकटतम प्रतिष्पर्धी रहेको उम्मेदवार छनोट समितिले सहमति जुटाई गर्ने छ। 

यो पनि पढ्नुस्ः आइजीपी प्रकरणमा कांग्रेसको ठहरः 'सर्वोच्चले सरकारको कार्यकारणी क्षेत्रमा हस्तक्षेप गर्‍यो'

दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँ, नगर, उपमहानगर र महानगरपालिकामा उम्मेदवारको नाम क्षेत्रिय कार्य समिति वा छनोट समितिले सर्वसम्मतले सिफारिस गरेका जिल्ला कार्य समितिले त्यसैलाई अनुमोदन गर्नुपर्नेछ।

दुई वा दुई भन्दा बढी क्षेत्रीय कार्य समितिले सिफारिस गर्नु पर्ने अवस्थामा भने क्षेत्रीय कार्यसमितिको संयुक्त बैठक बस्नु पर्नेछ।

निर्वाचनलाई लक्षित गरी समन्वय समिति गठन

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि संविधानमा तोकिएबमोजिम गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका समन्वय समिति गठन गरेको छ।

जसमा गाउँपालिकाको केन्द्र तोकिएको गाउँ इकाई सभापतिलाई गाउँपालिका समन्वय समितिको संयोजक, अन्य गाउँ इकाई सभपातिलाई सहसंयोजक र गाउँ इकाई कार्य समितिका सवै पदाधिकारीलाई गाउँ कार्यपालिका कार्यसमिति सदस्य तोकेको हो। त्यस्तै वार्ड गाभिएको अवस्थामा समेत सोही अनुरुप संयोजक र सहसंयोजक तथा सदस्य तोकिएका छन्। 

गाभिएर बिस्तार वा गठन भएका सबै नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका सभापतिलाई संयोजक र अन्य इकाई सभापतिलाई सहसंयोजक र सबै इकाई समितिका पदाधिकारीलाई कार्य समिति समन्वय समिति सदस्य तोकिएको छ।

सम्बन्धित समाचारः स्थानीय तहका उम्मेदवार चयन गर्न कांग्रेसले ३ प्रक्रिया अपनाउने

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • *Chaakari baadlai khatam garnus. Ahlle afno swarth bhanda mathi udera afno partylai jitaunu parchha Partyle jitne manchhelai nirbibad rupma ticket dinu parchha ra nabhaya gaun gaun gayara janamanasa ko bhawana bhujhnu parchha. Hami bhitra ma hunuparxa.ra Jay Nepal ko bhawana hunu parchha. Paisale 1/2 vote kinna sakla janamata kinna sakdaina. tesaile hamile sochnu parchha , galat manchheko hath ma ticket pugla.eutalai khusiparda hamro party harlaa. hamra netalai sodhnus ta chartare jhandako mahatwo , congress ko itihans , No answer , No study.