|
फोटो : राजकुमार राईको फेसबुकबाट

काठमाडौं : रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। स्ववियु निर्वाचनको गएराति अबेर सम्पन्न मतगणनामा तपेन्द्रबहादुर शाही नेतृत्वको प्यानल नै विजयी भएको निर्वाचन समिति प्रमुख प्राध्यापक हरिप्रसाद पराजुलीले जानकारी दिए।

शाहीले कुल खसेको १२ सय ७८ मतमध्ये ६९९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका उत्तमप्रसाद साउदले ३ सय ६७ मत प्राप्त गरे। यस्तै सचिवमा अनेरास्ववियुकै नारायण शर्माले ६९६ र कोषाध्यक्ष संगमप्रसाद देवकोटाले ७ सय १० मत प्राप्त गरी विजयी भए।

प्रत्यक्षतर्फ सदस्यहरुमा दिनेश बजगाईँ, सुजिता धिताल, जनक शाही, श्यामबहादुर वि.क., उर्वशी सिंह नेपाली, दिपक खतिवडा, मदन भण्डारी र उज्ज्वल न्याैपाने निर्वाचिच भएका छन्।

नेविसंघ दोस्रो, नो भोट भनेको क्रान्तिकारीलाई ५३ मत

मिश्रित प्रणालीमा भएको निर्वाचनमा समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले ३ सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड) ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाचौँले ६ मत प्राप्त गरे।

सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चुनाव बहिस्कार गरेको थियो। उम्मेदवारी फिर्ता लिन नपाएपछि उसले आफ्ना समर्थकहरुसँग आफूलाई भोट नहालिदिन (नो भोट) आग्रह गरेको थियो।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्याैपानेले आरआरकाे स्ववियु चुनाव एकलाैटी र धाँधलीपूर्ण भएकोले बहिष्कार गरेकाे भन्दै विज्ञप्ति जारी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.