|
Photo : Goal.com

लियोनल मेसीसहित नियमित ५ खेलाडी प्रतिबन्धित हुँदा अर्जेन्टिनाले विश्वकप छनोटमा गम्भीर धक्का बेहोरेको छ। मेसी रेफ्रीलाई दुर्व्यवहार गरेको आरोपमा ४ खेलको प्रतिबन्धमा छन् भने, गोञ्जालो हिगुइन, जाभियर मस्चेरानो, निकोलस ओटामेन्दी र लुकास बिग्लियाले ५ पहेँलो कार्डका कारण खेल्न पाएनन्।

यसक्रममा गएराति भएको खेलमा अर्जेन्टिना बोलिभियासँग २-० ले पराजित भयो।

पराजयले अर्जेन्टिनालाई अंक तालिकाको पाँचौं स्थानमा पुर्‍याइदिएको छ। विश्वकपमा छनोट हुन शीर्ष चारभित्र पर्नुपर्छ। पाँचौं हुनेले प्लेअफ खेल्ने मौका पाउँछ।

यो नतिजाले अर्जेन्टिनाको विश्वकप छनोट सम्भावनालाई निकै कठिन बनाइदिएको छ। प्रतियोगितामा अर्जेन्टिनाले अब उरुग्वे, भेनेजुएला, पेरु र इक्वेडरसँग खेल्न बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.