|

चितवन : राष्ट्रिय निकुञ्जभित्र लाग्ने जिल्लाकै सबैभन्दा लामो उत्सव ‘विक्रम बाबाको मेला’ सुरु भएको छ। थारु समुदायको आस्थाको केन्द्रको रुपमा रहेको विक्रम बाबाको पूजा गर्न पछिल्ला वर्षहरूमा अन्य समुदायको समेत उल्लेख्य सहभागिता हुने गरेको छ। 

मेलामा पूजाआजा गर्नाले सन्तान प्राप्त हुने र मनोकामना पुरा हुने विश्वास रहेको मेला व्यवस्थापन समितिका संयोजक हर्कबहादुर रुम्बाले जानकारी दिए। स्थानीय शंकर महतोले मनोकामना पूरा भएपछि यहाँ आएर पूजाआजा गर्ने र थारु समुदायले छोराको नाम विक्रम र छोरी भए विक्रमिया राख्ने गरेको बताए।

चितवन निकुञ्ज भित्र सालको रुखको फेदमा पूजा गर्ने चलन रहेको मेला व्यवस्थापन समितिका सदस्य रामराज तिवारीले जानकारी दिए। उनका अनुसार वर्षेनि यहाँ एक लाख बढी भक्तजनले मेला भर्ने गरेका छन्। यो मेला हरेक वर्ष चैत्र कृष्ण औंसीदेखि शुक्लपूर्णिमासम्म १५ चल्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.