|
Photo : goal.com

ब्राजिल सन् २०१८ मा रसियामा हुने विश्वकपका लागि छनोटको निकै नजिक पुगेको छ। नेपाली समयअनुसार बुधबार बिहान सम्पन्न खेलमा पराग्वेलाई ३-० ले पराजित गर्दै ब्राजिलले छनोट चरणको ४ खेल अगावै रसियाको टिकट लगभग पक्का गरेको हो।

अंक तालिकाको शीर्ष स्थानमा रहेको ब्राजिलको यो जितसँगै ३३ अंक पुगेको छ। १० टोली सम्मिलिन दक्षिण अमेरिकी छनोटका ४ शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन्। पाँचौंले प्लेअफ खेल्नुपर्छ।

बाँकी सबै खेलमा प्रतिकुल नतिजा आए पनि ब्राजिललाई शीर्ष ५ भित्र पर्नबाट कसैले रोक्न सक्ने छैन। ४ खेल बाँकी रहँदा छैटौँ स्थानको इक्वेडरसँग ब्राजिलको अंक दूरी १३ पुगेको छ। जबकि चार खेलबाट एउटा टिमले अधिकतम १२ अंक मात्र प्राप्त गर्न सक्छ।

अंकतालिकामा दोस्रो र तेस्रो स्थानमा रहेका उरुग्वे र कोलम्बियाको समान २४, चौँथो स्थानको चिलीको २३ र पाँचौं स्थानको अर्जेन्टिनाको २२ अंक छ।

पराग्वेविरुद्ध जित दर्ता गर्ने क्रममा ब्राजिलका लागि नेयमार, कउटिन्हो र मार्सेलोले १-१ गोल गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.