|

धादिङ : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी (माओवादी) धादिङको जिल्ला समिति नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ। सेक्रेटरी हरि अधिकारी 'आशिष' को नेतृत्वमा क्रान्तिकारी माओवादीका १६ जिल्ला सदस्य बुधबार औपचारिक रुपमा एकता नै गरेर माउ पार्टीमा फर्किएका हुन्।

१९ सदस्यीय जिल्ला कमिटीमध्ये इञ्चार्ज केन्द्रबाटै तोकिएका थिए भने, अर्का एक वैदेशिक रोजगारीमा छन्। बाँकी एकजना सक्रिय राजनीतिमा नरहेको माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जम्कट्टेलले जानकारी दिए।

माओवादी धारअन्तर्गत छरिएर रहेका पार्टीहरुलाई एकताबद्ध गर्ने क्रममा क्रान्तिकारी माओवादीसँग एकता गरिएको अध्यक्ष जम्कट्टेलले बताए। 'समग्र माओवादीलाई एकताबद्ध गर्ने क्रममा क्रान्तिकारी माओवादीसँग एकता भएको छ,' जम्कट्टेलले भने, 'नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नयाँ शक्ति नेपालमा आवद्ध भएका साथीहरुलाई पनि फर्काउने पहल भइरहेको छ।'

जम्कट्टेल पार्टी अध्यक्ष बनेर जिल्ला फर्किएपछि माओवादी केन्द्र आक्रामक ढंगले संगठन विस्तारमा क्रियाशील छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.