|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा मधेसी मोर्चासमेत सहभागी हुने दाबी गरेका छन्।

साताव्यापी चीन भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्रीले पत्रकारहरुसँग कुराकानी गर्दै अब निर्वाचन हुँदैन कि भनेर प्रश्न गर्ने बेला नरहेको बताए। तयारी निकै अघि बढिसकेको उल्लेख गर्दै उनले मोर्चासहितको सहभागितामा चुनाव हुने दाबी गरे।

आफूले चीन जानुअगावै सहमति गर्न चाहेको भन्दै प्रधानमन्त्रीले अब छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त गरे । चीनियाँ राष्ट्रपतिसहितको उच्च नेतृत्वले पनि सबै दलको सहमतिमा निर्वाचन सम्पन्न गर्न शुभकामना दिएको प्रधानमन्त्रीको भनाइ छ।

नेपालमा राजनीतिक स्थिरता कायम होस् भन्ने चाहना चिनियाँ पक्षको रहेको प्रधानमन्त्रीले जानकारी दिए।

भ्रमण सफल भएको दाबी

प्रधानमन्त्री आफ्नो चीन भ्रमण सफल भएको दाबीसमेत गरे। चिनियाँ राष्ट्रपति सी जिनपिङ र चिनियाँ उच्च नेतृत्वहरुसँगको आफ्नो भेटपछि दुई देशबीचको सम्बन्ध थप मजवुत बनेको उनको जिकिर छ। उनले चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउने जानकारी पनि दिए।

'मैले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई भ्रमणका लागि गर्नुभएको निमन्त्रणाबारे पनि स्मरण गराएँ,' प्रधानमन्त्रीले भने, 'उहाँले दुवै देशको अनुकूल हुनेगरी आफूले छिट्टै नेपाल भ्रमण गर्ने जानकारी दिनुभएको छ।'

प्रधानमन्त्री प्रचण्ड बोआओ सम्मेलनमा भाग लिन नेपाली टोलीको प्रनितिधित्व गर्दै यही चैत १० गते चीन प्रस्थान गरेका थिए। चीन बसाइका क्रममा उनले चिनियाँ राष्ट्रपति सीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा लुम्बिनीसम्म रेल ल्याउने, तातोपानी नाका खुलाउने र अघिल्लो सरकारले गरेको पारबहन तथा व्यापार सम्बन्धी सम्झौता कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको थियो।

यसक्रममा चीनले आसन्न स्थानीय निर्वाचनका लागि १३ करोड ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा पनि गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.