|

काठमाडौं : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। राप्रपाबाट हालै अलग्गिएका डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन परेको हो। सो निवेदनको ५९०६ नम्बरमा दर्ता भएको छ।

दल दर्ताको निवेदन लिएर बुधबार निर्वाचन आयोग पुगेका लोहनीले पार्टी एकता हुँदा जुन किसिमको आशा र अपेक्षा थियो, त्यो पूरा हुन नसकेपछि मुलुकको हितका लागि नयाँ पार्टी गठन गरेको बताए।

यसबारे थप जानकारी गराउन पार्टीले दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएको छ। राप्रपा र राप्रपा नेपालको एकतापछि चुनाव चिह्न हलो राख्नुपर्ने अडानमा रहेका लोहनीले चुनाव चिह्न, अध्यक्ष कमल थापाको कार्यशैली लगायत विषयमा असहमति जनाउँदै फागुन ३० गते राप्रपा छोडेका थिए।

उनलाई कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेका केशरबहादुर विष्टले पनि साथ दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.