|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछि सहुलियतमा वितरण गर्न पहिलो चरणमा ल्याइएको २ हजार क्युफिट काठ साविक चौतारा नगरपालिका र आसपासका गाविसका ७२ परिवारले मात्र पाएका छन्।

जिल्ला वन कार्यालयका अनुसार सहुलियत काठको लागि सिन्धुपाल्चोकमा २४ हजार निवेदन परेका छन्। भूकम्प गएको २३ महिनासम्म पनि सिन्धुपाल्चोकमा ७२ परिवारले मात्रै काठ पाएका हुन्।

भूकम्पपछि जिल्लामा तत्कालीन वनमन्त्री अग्निप्रसाद सापकोटाले सुरु गरेको सहुलियतको काठ वितरण गर्ने कार्य अझै अगाडि बढेको छैन। पहिलो किस्तासँगै पुनर्निर्माणको चटारोमा लागेका भूकम्पपीडितहरु काठ अभाव हुन थालेपछि समस्यामा परेका छन्।

विभागले काठ नै नपठाउँदा पीडितलाई सहुलियतको काठ वितरण गर्न नसकिएको वन अधिकृत सापकोटा बताउँछन्। ‘पहिलो चरणको काठले ७२ परिवारलाई मात्रै पुग्यो, त्यसपछि विभागबाट काठ आएको छैन,’ वन अधिकृत सापकोटाले भने, ‘माग दिनानुदिन बढिरहेको छ तर, हामीसँग काठ छैन। तीन महिनाअघि नै वन विभागमा काठ माग गरेको भए पनि अझैसम्म पठाएको छैन।’

जिल्लाभर भूकम्पबाट ध्वस्त संरचना पुननिर्माणमा १८ लाख क्युफिट काठ आवश्यक पर्ने जिल्ला वन कार्यालयले अनुमान लगाएको छ। निवेदनअनुसार वन विभागबाट पर्याप्त काठ उपलब्धि नगराउँदा काठ वितरणमा समस्या थपिएको छ।

काठ अभावले घर निर्माणमा कठिनाइ

जिल्लाभरका भूकम्पपीडितले काठ अभावमा आवास पुननिर्माणको काम थालनी गर्न सकेका छैनन्। जिल्लाभर काठ अभाव हुँदा भूकम्पपीडितले गर्ने पुननिर्माण अगाडि बढ्न सकेको छैन। ‘जिल्ला वन कार्यालयमा काठ माग्दै आएको निवेदनको चाङ मात्रै छन्।’

जिल्ला वन कार्यालयका वन अधिकृत शिवप्रसाद सापकोटा भने ‘सहुलियत काठको नाममा एक मुढा पनि छैन।’ जिल्लाभर  ७० हजार भन्दा निजी घर ठडिनुपर्ने बेला वन विभागले जिल्लाका भूकम्पपीडितको लागि हालसम्म दुई हजार क्युफिट काठ मात्रै उपलब्ध गराएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.