|

काठमाडौं : तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ को तयारी पुरा भएको छ। नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १७ देखि ४ दिन सम्म चल्ने मेला उपराष्ट्रपति नन्दबहादुर पुनले उद्‍घाटन गर्ने तयारी छ। कार्यक्रम भृकुटीमण्डममा हुँदैछ। 

फ्लोरीकल्चर एसोसियसनका अध्यक्ष कुमार कसजुले प्रदर्शनी हलमा स्टल सजाउने काम सकिएको बताए। मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनखरी, कम्पोस्ट मल, फूलको गानो, विउविजन,ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिचाईँ प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको छ।

पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति रुची राख्ने तथा ज्ञान हासिल गर्न चाहनेका लागि अन्तराष्ट्रिय फ्लोरा एक्स्पो उपयोगी हुने विश्वास एसोसिएसनको छ।

नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीहरु मेलामा सहभागी हुनेछन्।

आयोजकका अनुसार नेपालमा लगभग १४८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भैरहेको र ४१ हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.