|

काठमाडौं : संस्कृति तथा पर्यटन मन्त्री दिलनाथ गिरी मंगलबार एक्कासि बिरामी भएर चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन्। मंगलबार बेलुका एक्कासि बिरामी भएपछि हस्पिटल ल्याइएका मन्त्री गिरीलाई  निमोनिया देखा परेपछि  भर्ना  गर्नु परेको राप्रपाका कोषाध्यक्ष तथा ओम अस्पतालका अध्यक्ष उद्धव पौडेलले जानाकारी दिए।

उनले भने, 'उहाँ हिजो बेलुका मलाई भेट्न आउनुभएको थियो, त्यसबेला नै उहाँलाई एक्कासि खोकी लायो र हामीले अस्पताल पुर्‍यायौं चेकअप गर्दा निमोनिया भएको देखियो, अहिले उहाँलाई अस्पतालमै भर्ना गरेर राखिएको छ। चिकित्सकहरुले एक दुई दिन अस्पतालमै राखेर उपचार गर्नुपर्छ भनेका छन्।'मन्त्री गिरीलाई अस्पतालको जनर्रल वाड को २०४ न. वेडमा राखेर उपचार गरिरहेको र अवस्था सामान्य रहेको अध्यक्ष पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.