|

काठमाडौं : चैतबाट सुरु गर्ने भनिएको थप पाँच जिल्लाको स्वास्थ्य बिमा कार्यक्रम असारका लागि सरेको छ। निर्वाचन आयोगले १८ फागुनदेखि निर्वाचन आचारसंहिता लागु गरेपछि चैतका लागि तय भएको कार्यक्रम असारमा सारिएको हो।

स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा.गुणराज लोहोनीले निर्वाचन आचारसंहिताका कारण असारका लागि कार्यक्रम सारिएको बताए।

'चैत १ देखि तनहुँ, गोर्खा चितवन, भक्तपुर र झापा थप पाँच जिल्लामा बिमा कार्यक्रम सुरु गर्ने पूर्वनिर्धारित कार्यतालिका थियो। तर निर्वाचन आचारसंहिता लागु भएको भन्दै कार्यक्रम हामीले अहिले सञ्चालन गर्न सकिएन। अब असारमा सञ्चालन गर्ने भएका छौँ।'

उनले असारमा पहिले नै तय भएका थप पाँच जिल्लामा पनि कार्यक्रम सुरु गर्ने तयारी भएको बताए। ती जिल्लाहरुमा जुम्ला, जाजरकोट, रोल्पा, मकवानपुर र महोत्तरी छन। 

गत वर्ष २५ चैतबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अहिले देशका ८ जिल्लामा सञ्चालित छ। 'अहिलेसम्म कैलाली बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम लागु भैसकेको छ। करिब २३ लाख जनसंख्या भएको ती जिल्लाहरुमा अहिलेसम्म ४५ हजार बढीले नाम दर्ता गराएका छन्,' निर्देशक डा. लोहोनीले बताए।

पाँचजनाको परिवारले वार्षिक २ हजार पाँच सय रुपैयाँ सेवा शुल्क तिरेर बिमा कार्यक्रमा सहभागी हुन पाउने उनले बताए। 'पाँच जनादेखि बढी सदस्य भएको परिवारले थप ४ सय २५ रुपैयाँ अतिरिक्त तिरेर पनि सदस्य बन्‍ने पाउनेछन्। सदस्य भएपश्चात् सो परिवारलाई वार्षिक रू ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ,' उनले भने। 

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सदस्यका परिवारले अस्पतालमा अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला र औषधिमा खर्च पाउनेछ भने कस्मेटिक सर्जरी, घरेलु झैझगडामा चोटपटक लागेका र मादक, लागुपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले सुविधा पाउने छैनन्।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यो स्वास्थ्य बीमा कार्यक्रमको बिस्तार अलि ढिलो भएन र? सबैजसो ठाउँमा वडा क्लिनिक भएकोले त्यहाँको जनशक्तिलाई उपयोग गरी अलि छिटो बिस्तार गर्दा कसो होला?