|

काठमाडौं : डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) घोषणा भएको छ। एसआर पार्टी प्यालेस धुम्बाराहीमा बुधबार आयोजित घोषणासभामा डा. लोहनीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय तदर्थ समिति सार्वजनिक गरियो।

विधानमा १ सय ७५ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख भए पनि बाँकी १ सय ४ सदस्य भने पार्टी पदाधिकारीसँग परामर्श गरी अध्यक्षले मनोनित गर्ने सो अवसरमा जानकारी दिइयो। नवगठित राप्रपा राष्ट्रवादीले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनालाई नै मूल लक्ष्य बनाएको छ।

सो अवसरमा अध्यक्ष लोहनीले आफूहरुले बहुलवादी प्रजातान्त्रिक राजनीतिक संरचनामा विश्वास राख्ने बताए। जातीय र क्षेत्रीयवादले राष्ट्रिय पहिचान कमजोर बनेको उनको भनाइ थियो। सोही अवसरमा बोल्दै पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टले हराएको राजसंस्था, हिन्दूराष्ट्र फर्काउने जिकिर गरे।

यसअघि निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिइएको थियो। राप्रपा राष्ट्रवादीको निवेदन ५९०६ नम्बरमा दर्ता भएको छ।

राप्रपा र राप्रपा नेपालको एकतापछि चुनाव चिह्न हलो राख्नुपर्ने अडानमा रहेका लोहनीले चुनाव चिह्न, अध्यक्ष कमल थापाको कार्यशैली लगायत विषयमा असहमति जनाउँदै फागुन ३० गते राप्रपा छोडेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.