|

काठमाडौं : व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रोजगार मैत्री श्रम ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति प्रभु शाहले नेपाली कामदारको हक, हित सुनिश्चित गर्न पनि रोजगार मैत्री श्रम ऐन बनाउनुपर्ने आवश्यक्ता औंल्याएका हुन्।

बुधबार बसेको समितिको बैठकमा आफू नेतृत्वको संसदीय टोलीले खाडीका चार मुलुकमा गरेको भ्रमणबारे जानकारी गराउँदै उनले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सके विदेशी भूमिमा रहेका नेपाली कामदारले सम्मान पाउने अवस्था आउने पनि स्पष्ट पारे।

उनले स्वदेशमा रोजगारी नपाएपछि नेपाली श्रमिकहरु विदेश जान बाध्य भएको थाहा पाएपछि खाडी मुलुकका रोजगारदाताहरुले उनीहरुमाथि झनै पीडा दिने गरेको आफूहरुले पाएको पनि उल्लेख गरे। सभापति शाह नेतृत्वको टोलीले साउदी अरब, कतार, र युएई भ्रमणको क्रममा नेपाली श्रमिकहरुमाथि दोहोरो श्रम सम्झौता गरी थप पीडा दिएको पाइएको जनाएको छ।

सभापति शाहले कानुन मन्त्रालय र श्रम मन्त्रालयका पदाधिकारी सहितको समितिको बैठकमा अब पनि रोजगार मैत्री श्रम ऐन बनाएर नगए नेपाली श्रमिकहरुले विदेशी भूमिका श्रमको उचित मूल्य पाउने अवस्था नरहने दाबीसमेत गरे।

बैठकमा समितिका सदस्यहरुले श्रमसम्बन्धि कानुनलाई मजदुर मैत्री बनाउन लागि नपरेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिको बैठकमा श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७२ को प्रतिवेदनमाथि छलफल जारी छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.