|
तस्विर सौजन्य : शीतल साह

काठमाडौं : मेची महाकाली राष्ट्रिय अभियान सुदूरपश्चिममा बिसाएर राजधानी फर्किएका एमाले नेताहरु पुन: २ नम्बर प्रदेश पसेका छन्। अभियान अन्तर्गत सप्तरीको राजविराजमा भएको सभापश्चात उत्पन्न तनावमा प्रहरीले गोली चलाउँदा तत्काल ३ र पछि २ गरी ५ जनाको मृत्यु भएको थियो।

त्यसपछि एमालेले २ नम्बर प्रदेशलाई छाडेर बाँकी ठाउँमा पूर्वनिर्धारित मितिमै कार्यक्रम गर्‍यो।

अपुरो अभियान पूरा गर्न अब के गर्ने भन्ने विषयमा निर्णय गर्न एमालेले महोत्तरीको बर्दिबासमा २ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेला बोलाएको छ। भेलामा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरु बर्दीबास जाने कार्यक्रम थियो। तर, अन्तिम अवस्थामा ओली बर्दीबास गएनन्।

उनको सचिवालयले राजधानीमा अन्य महत्वपूर्ण काम परेकाले अध्यक्ष महोत्तरी जान नपाएको बताएको छ। ओलीका स्वकीय सचिव अनिश दाहालले भने, 'राजधानीमा विशेष कार्यक्रम परेकाले अध्यक्षज्यू बर्दिबास नजानुभएको हो।'

सचिवालयले त्यसो भने पनि मौसममा एक्कासि आएको बदलावका कारण ओली बर्दिबास जान नसकेको स्रोतले बतायो।

भेलामा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायतका सहभागी छन्। बिहीवारसम्म चल्ने भेलाले प्रदेश नम्बर २ मा बाँकी रहेको अभियान कसरी सम्पन्न गर्ने भन्ने रणनीति तय गर्नेछ।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.