|

काठमाडौं: चाडपर्व, पूजा अर्चना मात्रै नभई घर तथा कोठाको सजावटको लागि पनि फूलको प्रयोग हुने गर्छ। प्रत्येक वर्ष नेपालमा फूल प्रयोगकर्ताहरुको संख्या बढ्दै जादा पुष्प व्यवसायमा सर्वसाधरणको आकर्षणसमेत बढ्दै गएको छ।  

हाल नेपालमा १ सय ४८ हेक्टर क्षेत्रफलमा व्यवसायीक पु्ष्प  व्यवसाय सञ्चालन गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ। आयतको तुलनामा नेपालबाट फूलको निर्यात न्यून भए पनि नेपालमा उत्पादन भएका विभिन्न प्रकारका फूलहरु विदेशी बजारमा पठाउन थालिएको छ। फ्लोरीकल्चर एसोसियसन नेपाल फ्यानका उपाध्यक्ष  दिलीप बादेका अनुसार नेपालबाट वार्षिक डेढ अर्ब रुपैयाँ बराबरको पुष्प कारोबार हुने गरेको छ। तर, नेपालमा अहिले वार्षिक रुपमा १ अर्ब १० करोड रुपैयाँ बराबरको फूल तथा नर्सरी मात्रै उत्पादन हुने गरेको छ।

आर्थिक वर्ष ०७२/ ७३को तथ्यांकअनुसार अहिले विदेशी बजारबाट वार्षिक १५ करोड पुष्प सामाग्री आयत हुने गरेको छ। त्यस्तै वार्षिक ६ करोड ४ लाख रुपैयाँ बराबरको फूल आयत गरिएको छ। नेपालबाट ३ करोड २५ लाख रुपैयाँ बरारबको पुष्प विदेशी बजारमा निर्यात भएको छ।

विदेशी बजारमा समेत नेपालमा उत्पादन भएको फूलको माग बढ्दो भएको पुष्प व्यवसायीहरु बताउँछन्। 'यहाँ मात्रै होइन विदेशी बजारमा समेत नेपाली पुष्पको माग बढ्दो छ, स्वदेशी र विदेशी बजारको माग पूरा गर्नका लागि हामीले उत्पादन विस्तार गर्दै गएका छौं' फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.