|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : कृषि विकास मन्त्री गौरी शंकर चौधरीले काभ्रेपलाञ्चोकका कृषकहरुलाई मोबाइलसेट,  सिम तथा अन्य सामग्री (उपकरण) वितरण गरेका छन्। बुधबार काभ्रेको धुलिखेलस्थित कृषि विकास कार्यालयमा जलवायु प्रकोप समुत्थान निर्माण आयोजना (कृषि व्यवस्थापन सूचना प्रणाली) सामग्री वितरण कार्यक्रममा मन्त्री चौधरीले सो उपकरण वितरण गरेका हुन्।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयबाट २६ जना र जिल्ला पशुसेवा कार्यालयबाट १७ जना गरी ४३ जना समूह र सहकारीका नेतृत्व गर्ने कृषकहरुलाई मोबाइलसेट र सिम तथा अन्य मौसमसम्बन्धी जानकारी दिने उपकरण वितरण गरेका छन् ।

कृषकहरुलाई उपकरण वितरण गर्दै मन्त्री चौधरीले कृषकहरुले सक्रिय भएर लागेमा उपकरणबाट धेरै लाभ लिन सक्ने बताए। ‘कृषकलाई चाहिने सबै जानकारीहरुदेखि मौसम तथा अन्य जानकारीसमेत यसै उपकरणबाट लिन सकिन्छ।’ मन्त्री चौधरीले भने, ‘यसलाई भरपुर प्रयोग गरी धेरै सेवाहरु लिनुहोस्।’

अहिले बाँडेको उपकरण सबै कृषकहरुसँग पहुँच नपुगे पनि सहकारी र समूहबाट वितरण गरेर कृषककोमा पु¥याएको उपकरण धेरै कृषकहरुमाझ सूचना पुर्‍याउन ती सहकारी र समूहले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। उनले मन्त्रालयले ल्याएको योजनाहरु पशुसेवा केन्द्र, एकाइहरु र सहकारी एवं समूहहरुबाट समेत यसरी नै पठाउने योजनाअनुरुप सामग्री वितरण गरिएको जानकारी दिए।

सो अवसरमा बोल्दै मन्त्री चौधरीले कृषि मन्त्रालय र जिल्ला कृषि विकास कार्यालयबाट वितरण गरिने अनुदानमा पुहँचवाला र शक्तिमा भएकाहरुले मात्रै प्राप्त गरेको भन्ने गुनासोप्रति लक्षित गर्दै अबको दिनमा त्यस्तो नहुने बताए।

‘प्राय जिल्लाबाट कृषकहरुबाट यस्तै गुनासा आइरहेका छन्, हामीले त्यसलाई मनन गर्दै तल्लो तहको कृषकहरुसम्म पु¥याउने माध्यम तयार गर्दै छौं’ मन्त्री चौधरीले भने। कार्यक्रममा बोल्दै कृषक हरि तिमल्सिनाले किसानको नाममा कृषि विकास बैंकबाट दिने भनेको सहुलियत दरको ऋण वास्तविक किसानसम्म नपुगेको गुनासो गरे।

तिमल्सिनाले भने ‘सरकारले किसानहरुलाई भनेर उपलब्ध गराउँदै आएको सहुलियत ऋण सहर छेउछाउ र सडकले छोएको तथा  पहुँचवालाहरुसम्म मात्र पुगे, गाउँमा किसानी काम नै गरेर जीविकोपार्जन गरिरहेका गरिब किसानसम्म त्यो पुग्न सकेन।’ उनले भने, ‘त्यसको लागि मन्त्रालयबाट मन्त्रीज्यूले आवश्यक निर्देशन गर्नुपर्‍यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.