|

जाजरकोट : नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय एवं कांग्रेस जाजरकोटका युवा नेता रवीन्द्र शाहका हत्याराको पहिचान गरी कारबाहीको माग गर्दै जाजरकोटका स्थानियवासीले खलंगाबजार बन्द गराएका छन्।

घटनाको विरोधमा सदरमुकामका सबै पसल बन्द भएका छन् भने यातायात सेवासमेत बन्द गरिएको स्थानीय आनन्द मल्लले जानकारी दिए। आफन्त र जिल्लावासीले हत्यामा संलग्नहरु तत्काल पत्ता लगाई आवश्यक कारबाहीको माग गरेका हुन्।

भेरी नगरपालिका ३ तल्लो थाप्लेस्थित जिल्ला अस्पतालनजिकै जाजरकोट डोल्पा सडकमा  इभिनिङ वाक गरेर फर्कने क्रममा ८/९ जनाको समूहमा रहेका अपरिचित समूहले नेता शाहको मंगलबार बेलुका ढुंगाा मुडा प्रहार गरी  हत्या गरेको थियो।

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष एवं निर्माण व्यवसायीसमेत रहेका शाहको हत्या कसले किन गरियो अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए।

शाहसँगै इभिनिङ वाक गएका तीन जना र अन्य ६ जना गरी ९ जनालाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी प्रमुख रिमालले बताए। नियन्त्रणमा रुकुम चौरजहारी र खलंगाका युवाहरु छन्। त्यसमध्ये केही निर्माण व्यवसायीसमेत रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.