|

दाङ: नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले महासंघको ६२ औं स्थापना दिवसको अवसर पारेर प्युठान फोप्लीका बाढिपहिरो पीडितलाई रेडियो सेट प्रदान गरेको छ। यस क्षेत्रका ८० परिवारलाई फोप्लीको पिपलबोटमा एक कार्यक्रमबीच बुधवार रेडियो सेट प्रदान गरिएको हो।

सूचनाका पहुँच पुगोस् भन्ने उद्देश्यले रेडियो प्रदान गरिएको महासंघ प्यूठान शाखाका अध्यक्ष महावीर रानाले बताए। बाढिपहिरोमा आफन्त गुमाएका र घरवास विहिन भएकाहरुको अझै पूर्नःस्थापना हुन नसकिरहेको प्रति सरोकारवालाहरुको ध्यानाकर्षण  गराउन समेत पीडितकै घरदैलोमा पुगेको उनले बताए।

रेडियो सेट प्रदान गर्नका लागि राप्ती समाज जापानले ५० हजार रुपैंया सहयोग उपलब्ध गराएको थियो। सोही अवसरमा बाढिपहिरो पीडितहरुको पुर्नःवासका लागि भैरहेको पहलका बारेमा पनि छलफल भएको छ। शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पा र कारितास नेपाल, फुलबारी एकिकृत ग्रामीण विकास संस्था मार्फत आवस गृह निर्माणका विषयमा पीडितहरुसँग अन्तरक्रिया गरिएको छ।

डिभिजन कार्यालय मार्फत २६ विपन्न दलित परिवार र कारितास मार्फत ५० घर परिवारलाई घर निर्माणका लागि सहयोग गर्ने बताएका छन्। गाविसको कार्यालयले पीडितहरुको वर्गिकरण गरी ‘क’ वर्गका ७६ परिवारका लागि घर निर्माण गर्ने योजना सुनाए। भौगोलिक  अवस्थाका अध्ययन गरी सुरक्षित स्थानमा घर निर्माण गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सुझाव दिए।

पीडितहरुको लागि स्थानान्तर वा एकीकृत बस्ती निर्माण गरेर भए पनि सुरक्षित स्थान छनौट गर्नुपर्ने बताए। पीडितहरुले नेपाल सरकारले भुकप्प पीडित सरह सेवासुविधा दिने बताए पनि कार्यान्वयन नभएको भन्दै आक्रोस पोखेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले प्यूठानको बाहाने आएर तत्काल तीन लाख रुपैंया दिने बताए पनि दशैं खर्च बाहेक कुनै पनि सेवा उपलब्ध नगराएको गाविसका पुर्व अध्यक्ष देविराम पुनले बताए।

गत वर्षातका समयमा प्यूठानका विभिन्न स्थानमा गएको बाढि पहिरोमा परी ५२ जनाको ज्यान गएको थियो भने फोप्लीमा मात्र २७ जना रहेको थियो। महासंघको
स्थापना दिवस अवसर पारेर बुधवार बिहान जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रम समेत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.