|

इलाम : मेची लोकमार्ग अन्तर्गत इलाम नगरपालिका–१० गोदकमा मिनी ट्रक दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहपुर बस्ने अन्दाजी २२ बर्षिय रन्जित मुखिया रहेका छन्।

रौतहटबाट इलाम तर्फ आउदै गरेको ना १ क ४००९ नम्बरको मिनि ट्रक दुर्घटनामा अन्य ३ जना घाइते भएका छन्। घाइते हुनेहरुमा महोतरी जिल्ला श्रीपुर–४ बस्ने ५० बर्षिय रामदरस यादव, सोही स्थान बस्ने ४४ वर्षिया फुलकुमारी यादव र चालक २९ बर्षिय अजयप्रसाद जयसबाल रहेका छन्।

घाइतेमध्ये चालकको इलाम अस्पताल र अन्य २ जनाको फिक्कल स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। ट्रकको ब्रेकफेल भइ सडकमा पल्टिँदा किचिएर सहचालक मुखियाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पदम राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.