|

लन्डन : बेलायतले युरोपेली संघबाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) बुधबारबाट सुरु गरेको छ। पुरानै अवस्थामा नरहने र ऐतिहासिक मोडतर्फ मुलुकलाई लैजान चाहेकाले संघबाट बाहिरिने प्रक्रिया सुरु गरेको बेलायतले जनाएको छ। 
युरोपेली संघले ६०औँ वार्षिकोत्सव मनाएको केही दिनपछि नै बेलायतले संघबाट बाहिरिने निर्णय गरेको हो। 'एउटा ऐतिहासिक क्षण हो, जहाँबाट हामी पछाडि फर्कन चाहन्‍नौं,' बेलायतकी प्रधानमन्त्री थेरेसा मेले संसदमा भनिन्। 

बेलायतका जनताले सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेको केही महिनापछि प्रधानमन्त्री मेले आगामी दुई वर्षमा बेलायत बाहिरिने गरी प्रक्रिया सुरु गरेकी हुन्।ब्रसेल्समा रहेका ब्रिटिस राजदूत सर टिम ब्यारोले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउने पत्र दिएका छन्।

पत्र पाएपछि अध्यक्ष टुस्कले आफूहरुले बेलायतलाई गुमाउनु पर्दा दुःख लागेको बताए। यस बारेमा चाँडै छलफल सुरु गर्ने जानकारी दिए। गत जुनमा भएको जनमत सङ्ग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि संघसँग बेलायतको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो। 

बेलायत बाहिरिनु इयू दुबैका लागि नराम्रो

स्लोभानियाका विदेशमन्त्री कार्ल इर्जाभेकले युरोपेली सङ्घबाट बेलायत बाहिरिँदा बेलायत र इयू दुबैलाई राम्रो नहुने धारणा राखेका छन्। युरोपेली सङबाट बाहिरिनका लागि बेलायतले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन पत्र दिएपछि उनले दुख व्यक्त गरे।

उनले बेलायत र इयूको आगामी दिनको सम्बन्धका बारेमा स्लोभानियाका लागि बेलायती राजदुत सोफी होनीसँग आफूले विचार आदानप्रदान गर्न लागेको बताए।विदेशमन्त्री इर्जाभेकले बेलायत र स्लोभानियाको सहकार्यमा यस्ले कुनै असर नपाउने विश्वास व्यक्त गरे। स्लोभानियाको सरकारी समाचार संस्था स्लोभानियन प्रेस एजेन्सी (एसटिए)ले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.