|

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल अघि बढाएको छ। २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेका बेलामा नेपालले आफैं पहल अघि बढाएको हो।

नापी विभागले सगरमाथाको उचाइ नेपालले नाप्नसक्ने भन्दै चरणबद्ध रूपमा विभिन्न निकायहरूसँग छलफल अघि बढाएको छ। सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपैयाँ खर्च लाग्ने भन्दै त्यसका लागि आगामी आर्थिक वर्षमा सरकारसँग बजेट माग गरिने गरी तयारी थालिएको विभागका प्रवक्ता अनिल मरासिनीले जानकारी दिए। चालु आर्थिक वर्षमा बजेट माग गरिए आगामी आर्थिक वर्षमा सरकारले केही रकम छुट्याउनसक्ने भएकाले पनि सगरमाथाको उचाइ मापनका सन्दर्भमा छलफल तीब्र पारिएको विभागले जनाएको छ।

सो रकम मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्राविधिक यन्त्र, मापनका लागि खटिने प्राविधिक तथा कर्मचारीका लागि खर्च हुने बताइएको छ। उचाइ मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रविधि भू–उपप्रग्रहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा रहेका छन्।

सन् १८५२ देखि २०११ सम्म दशपटक सगरमाथाको मापन गरिएको छ। विभागले सन् १९५४ को भारती य नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिक रूपमा मान्दै आएको ८८४८ मिटर यही भारतीय टोलीको रहेको विभागले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.