|

पर्वत : नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि आर्थिक संकलन अभियान सुरु गरेको पहिलो दिनमा नै १० लाख रुपैयाँ संकलन भएको छ। नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवसका अवसरमा ‘हामी सबैको रहर, पत्रकार महासघंको घर’ अभियान शुरु गरिएको थियो।

झण्डै १ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको आधुनिक सूचना केन्द्र सहितको भवनका लागि अभियानको पहिलो दिन बुधबार नै १० लाख २० हजार रुपैयाँ संकलन भएको अध्यक्ष दिल शिरिषले जानकारी दिए। बुधबार संकलन भएको १० लाख बाहेक भवनको लागि जिल्ला विकास समितिले ५ लाख, सञ्चार मन्त्रालयले ५ लाख, बागलुङ नगरपालिकाले २ लाख ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

त्यस्तै सांसद प्रकाश पौडेलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १ लाख ५० हजार र अर्का सांसद चम्पादेवी खड्काको कोषबाट १ लाख रुपैयाँ सहयोग गरेका छन्। यो समेत हालसम्म कुल २५ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको महासंघले जनाएको छ। गएको माघमा नै भवनको शिलन्यास भएको थियो भने निर्माण कार्य बैशाख १ गतेबाट शुरु हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.