|
फोटो : भागवत भट्टराई

काठमाडौं : निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति नजिकिदै गर्दा निजी क्षेत्रका विभिन्न संघ संस्थाले गर्ने कार्यक्रमहरु चुनावमय देखिन थालेका छन्। आगामी चैत २८ र २९ गते तोकिएको महासंघको ५१ औँ साधारण सभाबाट नयाँ नेतृत्व चुनिने भएको कारण पनि नेतृत्वका आकांक्षीहरुले यस्ता कार्यक्रमहरुलाई भोट माग्ने थलोका रुपमा प्रयोग गरिएको पाइन्छ।

नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत सदस्य फ्लोरी कल्चर एसोसिएसनले विहीबारदेखि सुरु गरएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा पनि महासंघको चुनावी छाया देखियो। भृकुटीमण्डपमा भएको मेलामा महासंघका वस्तुगत सदस्य संस्थाका प्रतिनिधिको लागि पुरै तीन लहर छुट्याइएको थियो।

महासंघका पदाधिकारीमा उम्मेदवारी घोषणा गरिसकेका दुई उपाध्यक्ष र केही केन्द्रीय सदस्यका दावेदारहरु कार्यक्रममा उपस्थित थिए। बस्तुगत उपाध्यक्षका उम्मेदवारहरु उमेश श्रेष्ठ र अनुपबहादुर मल्ल सदस्य तथा मतदाताहरुसँग कानेखुसी मै व्यस्त देखिन्थे। वस्तुगत उपाध्यक्षका अर्का उम्मेदवार शंकर पाण्डे भने त्यहाँ देखिएनन्।

मेलामा हसंराज वाग्ले, अन्जन श्रेष्ठ, विनोद ढकाल, कमला श्रेष्ठ, रविन श्रेष्ठको उपस्थिती रहेको थियो। त्यस्तै केन्द्रि सदस्यका उम्मेदवार गोपाल घिमिरे, जय शिवाकोटी,  आकाश अधिकारी, लोकनाथ गैरे, सन्दिप अग्रवाल पनि उपस्थित थिए। महासंघमा उम्मेदवार तथा महताधिकार भएका सदस्यहरु सामुहिक फोटो खिच्न र  सेल्फि लिन व्यस्त देखिन्थे। फोटमा छुट्नेहरु 'भोट चाहिदैन क्याहो' उम्मेदवारहरुलाई जिस्काउदै थिए।

मञ्चबाटै उम्मेद्‍वारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य संस्थाको रुपमा रहेको फ्लोरीकल्चर एसोसिएसनले विहीबार मेलाको मञ्च प्रयोग गरेर आफ्नो तर्फबाट उम्मेदवारी घोषणा समेत गरेको छ।

मञ्चका निवार्तमान अध्यक्ष लोकनाथ गैरेलाई संघले महासंघको आगामी निर्वाचनमा केन्द्रीय सदस्यको रुपमा उम्मेदवार घोषणा गरेको हो। मेलाको शुभकामना मन्तव्यको क्रममा मेला संयोजक दीलिप वादेले लोकनाथ गैरेको उम्मेदवारी घोषणा गरेका हुन्। फ्लोरीकल्चर एसोसिएसन नेपालले २०५१ सालदेखि महासंघको सदस्य संस्थाको सदस्यता लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.