|

रुकुम : जिल्लालाई लागु औषध उत्पादन, ओसारपसार तथा सेवन मुक्त जिल्ला बनाउने अभियानलाई प्रहरीले तिव्र गतिमा अघि बढाएको छ। विगत केही वर्षदेखि लागु औषध उत्पादन हुने क्षेत्रहरुको पहिचान गरी नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय रुकुमले अवैध अफिमहरु नष्ट गर्ने अभियान निरन्तर जारी राखेको छ। 

जिल्लाका अवैध लागु औषध अफिम उत्पादन हुने क्षेत्रहरुको पहिचान गरी जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट संयुक्त रुपमा प्रहरी टोली खटाई विभिन्‍न गाउँका अफिम खेती नष्ट गरिएको रुकुमका प्रहरी निरीक्षक थमन बहादुर रजालीले जानकारी दिए।

जिल्लाको पूर्वी गोतामकोटदेखि पश्चिमी क्षेत्र चौरजहार सम्म अफिम खेती नष्ट गर्ने अभियान तिव्र गतिमा भैरहेको उनले बताए। अवैध अफिम खेतीबाट मनग्ये आम्दानी पाइने भएका कारण रुकुमका विभिन्न गाउँका स्थानीयहरु अफिम खेतीमा लागेका थिए।

पछिल्ला वर्षमा अफिम लगायतका अवैध खेती नगर्न प्रहरीले स्थानीय रेडियो लगायतका विभिन्न माध्ययमबाट सूचना जारी गरिरहेको भएपनि अफिम खेती रोकिएको छैन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.