|

एजेन्सी : हाचिको नामक इमानदार जापानी कुकुरको हृदयविदारक सत्यकथा पढ्नुभएको छ? वा यस सत्यकथाका विषयमा बनेको फिल्म वा कथा सुन्नु भएको छ? यदी छ भने ९ वर्षसम्म आफ्ना मालिक फर्कने आशमा बसेको अकिटा इनु जातको यस कुकुरको इमानदारीताले तपाईको मन छोएको हुनुपर्छ।  

हाचिको सधैं आफ्ना मालिकलाई ट्रेन स्टेशनसम्म पुर्‍याउन जान्थ्यो। उनी ट्रेन चढेपछि घर फर्कन्थ्यों र फेरि उनी कार्यालयबाट फर्कने समयमा ट्रेन स्टेशनमा कुरेर बस्थ्यों। एकदिन ब्रेन ह्याम्र्बेजका कारण विश्‍वविद्यालयमा प्राध्यापन गर्ने उनका मालिकालाई अस्पताल लैजानुपर्‍यो। उनको निधन भयो। जसका कारण ट्रेन स्टेशनमा उनी फर्कन पाएनन्। त्यसपछि मालिक फर्कने आशमा लगातार ९ वर्षसम्म 'हाचिको' त्यही ट्रेन स्टेशनमा धाइरह्‍यो। पछि 'हाचिको' को मृत्यु भयो। आज जापानीहरु 'हाचिको' लाई इमानदारीताको प्रतिक मान्छन्।

अहिले ब्राजिलमा यस्तै एउटा कुकुर चर्चामा छन्। यो कुकुर पनि 'हाचिको' जस्तै अकिटा इनु जातको कुकुर हो। यसको नाम 'थोर' हो।

थोर आफ्ना मालिकसँग हरेक बिहान मर्निङ वाकमा निस्कन्थ्यो। ब्राजिलको रियो ग्रान्डी डु सुल क्षैत्रमा पर्ने सासापाभा डु सुडका मानिसहरु यस कुकुर र उसका मालिकको मित्रता देखेर छक पर्ने गरेका थिए। सेतो रंगको 'थोर' लाई यस सडकक्षेत्रका सबैले चिन्छन्। तर ५८ वर्षको उमेरमा १ वर्षअघि 'थोर' का मालिकको मृत्यु भयो। त्यसपछि केही समय थोर मर्निङ वाकमा आउन छाड्यो।

डिसेम्बर २०१५ मा थोरका मालिक कलाकार क्लाउडियो कान्टारेलीको मृत्यु भएको थियो। त्यसपछि 'थोर' डिप्रेशनको शिकार भयो।  कान्टारेलीको परिवारले थोरको स्याहार गरेका थिए। तर उनले जस्तो माया दिन सकेनन्। त्यसपछि छिमेकी सायोनारा फ्रिटसले थोरलाई पाल्ने जिम्मेवारी दिन कान्टारेलीको परिवारसँग आग्रह गरिन्।

' म पहिल्यैदेखि थोरलाई नजिकबाट चिन्थें। त्यसैले मैले उसलाई पाल्नका लागि क्यान्टारेलीको परिवारसँग आग्रह गरें,' सायोनाराले भनेकी छिन्,' डिप्रेशनका कारण उ बिरामी थियो र निकै उदास थियो।'

तर सायोनाराको माया पाएपछि अहिले थोर फेरि खुसी देखिएको छ। उसले १ वर्षअघिदेखि फेरि मर्निङ वाक सुरु गरेको छ। दैनिक रुपमा थोर त्यही रुटमा घुम्छ। जुन रुटमा उ १० वर्षदेखि आफ्ना मालिकसँग घुम्दै आएको थियो। मालिक स्वर्गीय क्यान्टारेली जहाँ रोकिने बानी परेको थियो। त्यही ठाउँमा थोर रोकिन्छ।

'म बिहानै उठेर उसका लागि खाना बनाइदिन्छु र त्यसपछि गेट खोल्छु। थोर आफैं मर्निङ वाकमा जान्छ,' सायोनारा भन्छिन्,'यस्तो लाग्छ अब उ एक्लोपनबाट बाहिर आउन चाहन्छ वा यो पनि हुनसक्छ कि उ आफ्ना मालिक फर्कने आशमा पुरानै रुटमा जान्छ।'

हेयर स्टाइलिस्ट एयरटोन ओलिभियरा भन्छन्,' कान्टारेली हरेक दिन मर्निङ वाकका लागि आउँथे। उनी सबैका साथी थिए। कलाकार भएका कारण चर्चित व्यक्ति थिए। अहिले थोर त्यही रुटमा आउँछ जहाँ उसका मालिकले ल्याउने गरेका थिए। मलाई याद छ थोर त्यही ठाउँ रोकिन्छ जहाँ उ कुनै समय आफ्ना मालिकसँग रोकिने गरेको थियो।'

जहाँ गएपछि थोरले स्थानीयबाट माया पाउने गरेको छ। सबैलाई उसको कथा थाहा छ। त्यसैले थोरले आफ्ना मालिक गुमाउँदाको पीडा भुलोस् भन्नका लागि पनि उसलाई धेरैले माया गर्छन्। उसका लागि मानिसहरुले आफ्ना पसलबाहिर पानी र खाना समेत राखिदिएका हुन्छन्। केही मानिसहरु थोरसँग फोटो खिच्नका लागि रोकिन्छन्।

आफ्नो मर्निङ वाक  सकेपछि हरेक दिन थोर लोटरी अफिसमा जान्छ। यहाँ उसका मालिक जाने गरेका थिए। त्यसपछि नयाँ मालिक सायोनारा भएको ठाउँमा फर्कन्छ। 'म उसलाई माया गर्छु। तर मलाई चिन्ता पनि लाग्छ किनकी म बुढी भैसके। तर म उसको राम्रो केयर गर्नेछु,' सायोनाराले भनेकी छिन्।

भिडियो यहाँ हेर्नुहोस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.