|

कालीकोट : स्थानीय तहका निर्वाचनलक्षित म्यादी प्रहरीका लागि कालीकोटका १५ सय ११ जना युवायुवतीले आवेदन दिएका छन्। म्यादी प्रहरीमा जागिर खानका लागि एक सय २७ युवती र  १३ सय ८४ जना युवाले जिल्ला प्रहरी कार्यालय कालिकोट पुगेर आवेदन फाराम भरेका हुन्। 

५५ दिन अवधिको म्यादी प्रहरीका लागि आवेदन दिनेमध्ये ७७ पूर्वम्यादी, २ पूर्व प्रहरी, एक पूर्वसशस्त्र प्रहरी, एक पूर्वसैनिक र १४ सय ३० बेरोजगार युवायुवती छन्। 

म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न सक्ने, नैतिक पतन देखिने फौजदारी कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता कायम गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.