|

सल्यान : खानेपानीको चरम अभावका कारण जिल्ला कारागारका बैदीहरूलाई उधारोमा पानी किनेर खुवाउन थालिएको छ। कारागारमा पैसा अभावका कारण उधारोमा पानी किन्नुपर्ने बाध्यता रहेको जेलर विक्रम केसीले बताए।

‘कात्तिकदेखि कारागारमा खानेपानी अभाव भएपछि मासिक ७५ हजार रुपैयाँसम्म खर्च गरेर पानी ल्यायौं’, उनले भने, ‘पैसा अभावमा उधारोमा पानी किन्न थालेका हौं।’ चालु आर्थिक वर्षलाई आएको बजेट पानी किन्दै सकिएपछि फागुनदेखि उधारोमा पानी किन्नुपरेको उनको भनाइ छ।

पानी अभावका कारण कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा असर पुगेको छ। जिल्ला कारागार सल्यानमा गएको कात्तिकदेखि धारामा पानी आएको छैन। ६ महिनादेखि धारामा पानी नआएपछि जिल्ला कारागारले दैनिक दुई ट्यांकर पानी किन्दै आएको केसीले जानकारी दिए

खानका लागि ५ ट्यांकर र अन्य प्रयोजनका लागि दैनिक २५ ट्यांकर र खानेपानी किनिरहेको केसीले बताए। ‘घ’ श्रेणीको जिल्ला कारागारमा अहिले ७० जना पुरुष, १५जना महिला र २ नाबालक गरी ८७ कैदी  छन्।  
    
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.