|

डडेलधुरा : म्यादी प्रहरीका लागि जिल्लाका १३ सयभन्दा बढीले दरखास्त फाराम भरेका छन्। स्थानीय तहको निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीका लागि जिल्लाबाट एक हजार तीन सय २६ जनाले आवेदन दिएका हुन्।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा ११ सय २ जना पुरुष र एकसय ३७ जनाले आवेदन दर्ता गराएका छन्। पूर्व नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, वन रक्षक, पूर्वम्यादी र सर्वसाधारणले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आवेदन मध्येबाट चैत १९ गते देखि २१ गतेसम्म प्रारम्भिक छनोट गरी चैत २२ गते अन्तिम नतिजा प्रकाशन गर्ने जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.